बीमा संस्थानले चुक्ता पूँजी दुई अर्ब पुर्याउने

राष्ट्रिय बीमा संस्थानले  हालको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार लाई बढाएर   दुई अर्ब रुपैयाँ पुर्याउने भएको छ। संस्थानको ३१ औं  सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने बताएका हुन्।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउने योजना सहित पूँजी वृद्धि अनुमतिको लागि अर्थमन्त्रालय पठाएको अध्यक्ष कँडेलले जानकारी गराए। हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ  रहेको छ।

 

संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको संस्थानले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ …

प्रतिकृया दिनुहॊस