काठमाडौं। संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने घोषणा गरेका छन् ।
२०७४ को आम चुनावको संघारमा तत्कालीन शेरबहादुर देउवा सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । पछि ओली सरकारले त्यसलाई खारेज गर्यो, जसका कारण जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर बिरामीको प्रमाणपत्र पाएकाहरुले पनि भत्ता पाएका थिएनन् ।
तपाईंको प्रतिकृया



