सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ।

यसकासाथै क्लियरेन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको छ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरुमहरुमा लागू हुनेछ। सुजुकीका विभिन्न मोडेलहरुका कारहरुबमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस