अमेरिकामा आएको बाढी र आँधीबाट ४४ जनाको मृत्यु

अमेरिकामा आएको बाढी र आँधीका कारण ४४ जनाको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभर बाढी र आँधी आएको थियो।

मृत्यु भएका मध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए। घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन्।

उनले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न नसकेमा यस्तो संकट अरु पनि आइलाग्न सक्ने भन्दै त्यसका लागि पर्याप्त लगानी आवश्यक रहेको पनि बताए।

समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताएर तुफान, चक्रवात र समुद्री हुरी उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्ने भएकाले यस्ता घटना अझ बढ्ने विज्ञहरुले आँकलन गरेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

आइएमई पेबाट इनड्राइभका चालकहरुको लागि नयाँ योजना : कमिशन फिर्ता पाउने सुनौलो मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले राइड सेयरिङ एप इन–ड्राइभका चालकहरुको लागि ‘५ …

प्रतिकृया दिनुहॊस