मैत्रीपूर्ण फुटबलः भारत र नेपालबीचको खेल बराबरी

भारत र नेपालबीच आज भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका अन्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाए पनि खेल १-१ गोलको बराबरीमा रोकिएको हो।

दशरथ रंगशालामा भएको पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाएका थिए।

भारतका डिफेण्डर र गोलकिपर समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरे। भारतका अनिरुद्ध थापाले दोस्रो हाफको ६१ मिनेटमा गोल फर्काए । जसले खेललाई बराबरी गर्न सहयोग गर्यो।

अर्काे खेल भदाै २० गते हुनेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे टिममा ?

काठमाडौं । नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस