सिंगापुरबाट प्रचण्ड आज सीतासँग फर्कदै

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका प्रचण्ड आज फर्कने भएका छन् । सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड आज पत्नी सीतासँगै फर्कन लागेका हुन् ।

प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए । चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए ।

वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बतायो ।

चिकित्सकको सुझाव अनुसार सीताको उपचारको फ्लोअपका लागि प्रचण्ड सिंगापुरतर्फ गएका थिए । यस अघि सीताको उपचार अगाडि दिल्लीमा भएको थियो । छोरा प्रकाशको असमायिक निधन पछि सीताको स्वास्थ्यमा झन्–झन् समस्या आएको थियो ।

कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ता सडकमा 

  काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन …

प्रतिकृया दिनुहॊस