काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव १८ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से १ दशमलव १८ अङ्कले बढेर ३ हजार ९७७ दशमलव ०२ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल २२६ कम्पनीका १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया




