१ नम्वर : प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा राजीनामा

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका  छन्  । उनले  बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् ।पार्टी एकतालाई बचाउन राजिनामा  दिएकाे राईकाे बताएका छन् ।

शेरधन  राईले संसदीय  दलको नेताबाट राजीनामा दिएलगत्तै एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप