काठमाडौँ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले तालिबानमाथि प्रतिबन्ध लगाउने बारेमा सोच्नु पर्ने बताएका छन् । जी ७ देशको बैठक अघि सोमबार प्रधानमन्त्री ट्रूडोले अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि पछि अब प्रतिबन्ध लगाउने बारेमा सोच्नु पर्ने बताएका हुन् ।
ट्रूडोले क्यानडाको ध्यान अहिले अधिक भन्दा अधिक अफगानीहरुलाई सुरक्षित तरिकाले छिटो निकाल्नेमा केन्द्रित रहेको बताए । मंलगबार जी ७ का देशहरु क्यानडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाले अफगानिस्तानको विषयमा भर्चुअल बैठक बस्न लागेको छ । अहिले जी ७ देशको अध्यक्ष रहेको ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले बैठक बोलाएका हुन् ।
जोनसनले तालिबानमाथि प्रतिबन्ध लगाउने विषय उनीहरुको व्यवहारमाथि निर्भर हुने बताएको छन् । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि विदेशी सेनाले ३१ अगस्तसम्म अफगानिस्तान छोड्ने बताएका छन् । तर युरोपियन युनियन र ब्रिटेनले भने ३१ अगस्तसम्म अफगानिस्तान छोड्न असम्भव रहेको बताएका छन् । अहिले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि अफगानिस्तान छोड्ने मिति पछि सार्न दबाब बढाइरहेका छन् ।




