राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएकाे राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छिन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद बैठकले कुनै पनि पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने गरि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले आज अनुमोदन गरेकी हुन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री