महालक्ष्मी विकास बैंक र ई–सेवा मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंकले ग्राहकलाई मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले  ई–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको  छ ।

सो सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन्।

अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको  कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मान गर्न पाउने भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री