काठमाडौं । प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच एमओयु सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रोफेसर डक्टर रामजी गौतमले हस्ताक्षर गरेका छन् ।
देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्ने गरी सो आपसी समक्षदारी पत्रमा सम्झौता भएको हो ।
सम्झौता अनुसार प्रभु क्यापिटलले केन्द्रीय व्यवस्थापन विभागमा एमबीए तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने हेतु प्रभु क्यापिटल मेरिट अवार्ड प्रदान गर्ने तथा क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने गरी केन्द्रीय व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने लगायतका विषयमा सम्झौता भएको छ ।




