श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने

सुनसरी। श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ । नर्भिक इन्टरनेसनल हस्पिटल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्द रहेको सो

अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने भएका हुन्।अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवासमेत उपलब्ध गराउनेछ। अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउन्डेसनले जुटाउने जनाइएको छ  । करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग, प्रसूति सेवालगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आईसीयूलगायतका संरचना निर्माण गरी अस्पताल पुनः सञ्चालन हुनेछ। सो अस्पतालमा डायलासिस सेवासमेत उपलब्ध हुनेछ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस