राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता भएपश्चात गत वर्षजस्तै चालु आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि एनबीआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्नेछ।
प्रतिकृया दिनुहॊस