लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको क्षेत्रपाटीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको क्षेत्रपाटीमा सञ्चालनमा ल्याएकोे छ।

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तारको  क्रममा आफ्नो १३३ औँ शाखा काठमाण्डौ महानगरपालिकाको वडा न. १७ क्षेत्रपाटीमा सञ्चालनमा ल्याएकोे हो ।

नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप