राष्ट्रिय वाणिज्य बैंककाे क्रेडिट कार्ड सेवा सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न  क्रेडिट काड सेवाको शुभारम्भ गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमकाबीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले रा.वा.बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउंदा खुसी लागेको बताउंदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप