ठगीमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

काठमाडाैँ । सिंगापुर पठाइदिन्छु भन्दै मोटो रकम  ठगी गर गर्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय दिप बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको  छ ।  सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर  समेत रहेका गुरुङ हाल काठमाडौं महानगरपालिका–६ बौद्ध मा बस्दै आएका थिए ।

काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका–८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीबाट करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेस लगायतका लागि उक्त रकम उठाई सम्पर्क बिहिन भएको भन्ने जाहेरी प्राप्त भए पछि प्रहरीले गुरुङको खोजि सुरु गरेको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस