प्रभु बैंकद्वारा मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सुरु

प्रभु बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नका लागि बैंकको नगद काउन्टरमै भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेसिन क्यास रिसाइकल मेसिन (सीआरएम) बाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा आज शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ।

मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालका लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ।

यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ।

मेसिनबाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेसिनमा गई आफूले रकम जम्मा गर्न चाहेको बैंक खाता नम्बर टाइप गर्ना साथै उक्त मेसिनमा रकम जम्मा/राख्ने बक्स खुल्छ।

उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै (रियल टाइम) उल्लेखित खातामा रकम जम्मा हुन्छ र सोको रिसिप्ट/भौचर प्रिन्ट हुन्छ।

साथै उक्त मेसिनबाट डेबिट÷क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधासमेत रहेको छ।

प्रभु बैंकबाट सञ्चालनमा ल्याइएको मेसिनबाट रकम जम्मा गर्ने सुविधा हाललाई प्रभु बैंकमा खाता हुने ग्राहकका लागि मात्र उपलब्ध हुनेछ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग आवश्यक सहकार्य गरी प्रभु बैंकबाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यवस्था मिलाइनेछ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप