निफ्राको वितरणयोग्य नाफा करिब ६५ करोड ८५ लाखमा सिमित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले  चौथो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

सार्वजनिक  वित्तीय विवरण अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वितरणयोग्य नाफा रू. ६५ करोड ८५ लाख ५२ हजारमा सिमित  भएको छ ।

यस अवधिसम्म कम्पनीले रू. ८३ करोड ६४ लाख ३२ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १ दशमलव २६ प्रतिशतले   कम भएको हो ।

कम्पनीको जगेडा कोष रकम ४६ दशमलव ८५ प्रतिशत बढी रू. २ अर्ब ४० करोड ७ लाख ८१ हजार कायम भएको छ ।

अघिल्लो वर्षभन्दा गत वर्ष २० दशमलव ६५ प्रतिशत बढी कम्पनीले रू. ३० करोड १६ लाख ४० हजार निक्षेप संकलन गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव १८ र प्रतिशेयर नेटवर्थ रू. ११७ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप