ग्लोबल आइएमई लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा २८३.०८ प्रतिशतले बढ्यो

काठमाडाैँ  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो वर्षको तुलनामा  नाफामा २८३.०८ प्रतिशतले  वृद्धि गरेको छ ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २८३.०८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड ९४ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो।

संस्थाको खुद ब्याज आम्दानी ४५ करोड ३१ लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा ७२.५० प्रतिशतले बढी हो।समीक्षा अवधिमा संस्थाले ३ अर्ब ४३ करोड रुपैयाँ सापटी लिई ६ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। चुक्तापुँजी ४३ करोड १७ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८०.०२ रुपैयाँ रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री