नबिल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्रि खुला

काठमाडाैँ । नबिल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्रि खुला भएको छ । बैंकले  प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने  ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ ।

सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्रि हुने छ।   ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८ प्रतिशत ब्याज भुक्तान गर्ने छ ।

ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप