नेपाल लाइफले ल्यायो ‘नौलो केटाकेटी जीवन बीमा’ योजना,

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेनौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ। नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो।

यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम रु. १ लाखदेखि आम्दानीका आधारमा अधिकतम बीमांक छनोट गर्न सकिने कम्पनी जनाइएको छ।

सावधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात वा ७ वर्ष उमेर पूरा भएपश्चात (जुन पछि आउँछ) मात्र बीमालेखअन्तर्गतको जोखिम प्रारम्भ हुनेछ। त्यसैगरी बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पूरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको वार्षिकोत्सव मितिदेखि बीमालेखअन्तर्गतको जोखिम प्रारम्भ हुनेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका …

प्रतिकृया दिनुहॊस