भारतमा कोरोना: २४ घण्टामा ३९ हजार संक्रमित, ५३५ जनाको मृत्यु

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा गिरावट आएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ५३५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार ५५१ पुगेको छ । त्यस्तै २४ घण्टामा ३९ हजार ७४२ संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख पुगेको छ भने अहिले भारतमा ४ लाख ८ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९ हजार संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म ३ करोड ५ लाख ४३ हजार संक्रमण मुक्त भएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म ४३ करोड ३१ लाख ५० हजार जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकरी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल ४५ करोड ६२ लाख ८९ हजार नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ लाख १८ हजार नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई पे एपको नयाँ सुविधा- IELTS टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

काठमाडौँ । आइएमई पे ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा …

प्रतिकृया दिनुहॊस