भारतमा सक्रिय संक्रमित ८६ दिन यताकै कम

काठमाडाैँ । कोरोनाको दोस्रो लहरबाट आक्रान्त बनेका भारतमा संक्रमण दर निरन्तर ओरालो लागिरहेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ८६ दिन यताकै कम भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनकि गरेको आँकडा अनुसार अहिले भारतमा करिब ५ लाख ८१ हजार छ । ८६ दिनपछि सक्रिय संक्रमितको संख्या ६ लाख भन्दा ओरालो लागेको हो ।

पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ७०१ नयाँ संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा पाजेटिभ रिपोर्ट देखिने दर १.९ प्रतिशत मात्रै छ । २४ घण्टामा ५७ हजार ४८१ जना कोरोनामुक्त भएका छन् ।

भारतमा ४४ दिनदेखि लगातार नयाँ संक्रमित भन्दा निको हुने संक्रमितको संख्या बढी देखिएको छ । पछिल्लो १५ दिनमा मात्रै भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ३७ हजार भन्दा बढीले घटेको भारतीय मिडियाले जनाएका छन् । भारतमा २४ घण्टामा १२५५ जनाको कोरानाबाट मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री