आफैले चलाउने टिपरले किचेको अवस्थामा चालकको शव फेला

काठमाडाैँ । धनुषामा आफैले चलाउने टिपर किचेको अवस्थामा चालकको शव भेटिएको छ । धनुषाको सबैला नगरपालिका–१० लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचेको अवस्थामा सोही टिपरका चालक २८ वर्षीय बुद्ध लामाको शव फेला परेको हो ।

लामा उदयपुरको कटारी नगरपालिका– २ का स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । आफैले चलाउने टिपरले किचिएर मृत्यु भएको अवस्थामा लामाको शव फेला परेको हो । आफन्तले उनको मृत्युलाई शंकास्पद भन्दै अनुसन्धानको माग गरेका छन् । उनको सुनियोजित हत्या भएको दावी आफन्तको छ ।

मृतक बुद्धका दाइ हरि लामाले सुनियोजित रुपमा टिपरले किचेर भाइको हत्या गरिएको दाबी गरे । टिपरको चक्काले मृतकको टाउको क्षतविक्षत भएको छ । इलाका प्रहरी कार्यालय सबैलाले पनि घटना शंकास्पद भएको भन्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरी निरीक्षक राजेश सिग्देलले शव समेत नचिनिने अवस्थामा फेला परेकाले अहिले केहि भन्न नसकिने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री