काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रचण्डको राष्ट्रपति बारेको टिप्पणीको समर्थन गर्दै संवैधानिक राजसंस्था कायम गर्न पहल गर्न आग्रह गरेका छन् । प्रचण्डले विहिबार राजधानीमा आयोजित एक अन्तरक्रियामा अहिलेको राष्ट्रपतिभन्दा राजाको धेरै शान भएको भन्ने टिप्पणीप्रति अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत समर्थन गरेका हुन् ।
अध्यक्ष थापाले हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन नसक्ने समेत बताएका छन् । उनले देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गर्ने असल कामको पहल गर्न प्रचण्डलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्- ‘प्रचण्डजीले सहि भन्नु भयो । हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन । त्यसर्थ, देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं।यो असल कामको पहल गर्नुहोस्’
प्रतिकृया दिनुहॊस