अवैध लागूऔषधसहित एक भारतीय पक्राउ

काठमाडाैँ । विराटनगरमा अवैध लागूऔषधसहित एक भारतीय पक्राउ परेका छन् ।  भारतको जोगवनीबाट लागूऔषध लिएर आउँदै गर्दा भारत घर भइ विराटनगर महानगरपालिका-१२ बखरी बस्ने १८ वर्षीय करन कामतलाई सशस्त्र प्रहरी विराटनगरले बिहीबार पक्राउ गरेको हो ।

कामतले पेन्टको गोभीभित्र खुकुरी चुरोटको बट्टामा लागूऔषध लुकाएर ल्याएका थिए । उनको साथबाट तीन ग्राम ४०० मिलिग्राम ब्राउन सुगर र नाइट्राभेट तथा स्पास्म्रोप्रोक्सिभन लागूऔषध र नेपाली एक हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीलाई जिम्मा दिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री