आफैंले बोकेको राइफल पड्किदा सेनाका जवान गम्भीर घाइते

वीरगञ्ज । पर्साको वीरगञ्ज-८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही  आफैंले बोकेको राइफल पड्किदा घाइते भएका छन् ।

घाइते हुनेमा  पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान   छन् ।

उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा एन–१६ राइफलको गोली लागेको घाउ छ ।

गम्भीर घाइते भएका  चौहानको   नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री