काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सले मृत्यु दावी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीले ५ दिनभित्रै स्वर्गीय सूकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो ।
उक्त रकम बराबारको चेक इन्स्योरेन्सका वित्त विभाग प्रमुख प्रज्जवल सायमीले स्वर्गीय गुरुङ्गको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।
गुरुङ्गको गत २०२१ मे २८ मा कोरोनाको कारणबाट मृत्यु भएको हो ।
स्वर्गीय सूकुना गुरुङ्गले सन २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १० वर्षे अमृत जीवन बीमालेख खरिद गरेकी थिइन् ।
तपाईंको प्रतिकृया



