कुमारी बैंकको सहयोग मेलम्चीका बाढी र पहिरो प्रभावितलाई

काठमाडौं ।कुमारी बैंकले  मेलम्चीका बाढी र पहिरो प्रभावितलाई सहयोग गरेको छ ।

बैंकले मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित समुदायलाई ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको छ ।

उक्त राहत सामाग्री कुमारी बैंक मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री