रौतहटमा श्रीमानद्वारा श्रीमतीमाथि एसिड प्रहार

रौतहट । रौतहटमा एक महिलामाथि एसिड आक्रमण भएको छ ।

रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ -का  ४२ वर्षिय  दिपक वि.कले आफ्नै   ३८ वर्षिय श्रीमती दिपिका वि.क. लाई एसिड प्रहार गरेका छन् ।

विवादको सुरुवाती क्रममा श्रीमानले कुट्दा उनको गालामा चोट लागेको थियो । विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा पछाडि बोतलमा लुकाएर ल्याएको एसिड छ्याप्न खोज्दा उनले देखेर खोस्ने क्रममा हातमा र मुखमा परेको पीडितले बताइन् ।

पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको शरिरको करिब १८ प्रतिशत भाग जलेको छ । उनको देब्रे हात र पेट जलेको छ ।

प्रहरीले महिलाका ४२ वर्षिय श्रीमान् दिपक वि.क. लाई पक्राउ गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस