गण्डकी प्रदेशका न्यायाधिवक्ता घिमिरेद्वारा राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार  परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि विपक्षी गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल शनिबार गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए ।​

मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस