सुन तोलामा ६०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने थयावत छ । चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस