भारतमा घट्दै कोरोना : २४ घण्टामा ९२ हजार ५९६ जनामा संक्रमण

नयाँदिल्ली । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण दिनहुँ ओरालो लाग्ने क्रममा छ । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार २१९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण ३ लाख ५३ हजार ५२८ जनाको मृत्यु भइसकेको छ । तथ्यांक अनुसार २ करोड ९० लाख ८९ हजार ६९ जनामा कोरोना संक्रमण भइसकेको छ । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस