काठमाडौँ । हाल देशमा बंगालको खादीमा रहेको यास (YAAS) नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ। जसले गर्दा मंगलबार बिहानदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ ।
पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार साँझबाट धेरै शक्तिशाली चक्रवातमा परिणत भएको छ ।
यसको असरस्वरुप पूर्वी नेपालबाट शुरु भएको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ । यसको असरस्वरुप पानी पर्ने तथा हावाहुरी चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात–वर्षा तथा उच्च बेगको हावाहुरी समेत आउने सम्भावना रहेकाले पर्वतारोहण नगर्न तथा नगराउन विभागले भनेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बुधबार
दिउँसो: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशहरुका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।
राती: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरुमा एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।
विहीबार
दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।
शुक्रबार
दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।




