सिन्धुलीमा थप ४ जना संक्रमितको मृत्यु

काठमाडौँ । सिन्धुलीमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड अस्पताल सिन्धुलीमा उपचारका क्रममा तीनजना र एक जनाको उपचारका लागि अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो।

मृत्यु हुनेमा कमलामाई नगरपालिका -४ की ७८ वर्षीय  चेतकुमारी देवकोटा, सर्लाहीको लालबन्दी नगरपालिकाका ५७ वर्षीय सरोज बराल र कमलामाई नगरपालिका- ७ कै ४९ वर्षीय एक पुरुषको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार मरिण गाउँपालिका ४ जुटपानीकी वर्ष ५२ की मैयामायाँ विकको उपचारका लागि अस्पता लानेक्रममा बाटोमै मृत्यु भएको हो। स्वाब परीक्ष्णका क्रममा विकको मंगलबारनै कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री