कोभिड महामारीः भाइरसको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आह्वान

काठमाडौं ।  विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ।

अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन्।

अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन्।

कोभिड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो।

त्यस यता उक्त भाइरसबाट विश्वभरि १६ करोड ७० लाख मानिस प्रभावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ।

वी.वी.सी न्यूजबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री