काठमाडौं । कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएको छ । वीरगञ्जका हाडजोर्नी रोगका २९ वर्षका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
वीरगञ्ज महानगरपालिका-३ छपकैयाका चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
डा. हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गरेका थिए ।
हुसेनलाई कोरोना पुष्टी भएपछि वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
तपाईंको प्रतिकृया




