एजेन्सी ।नायक सलमान खानले अभिनय गरेको ‘राधे’ सबैभन्दा कमजोर चलचित्र बनेको छ । इन्टरनेट मुभी डाटाबेस(आइएमडीबी)मा १ लाख ४८ हजार मानिसले यो चलचित्रलाई जम्मा १.८ रेटिङ दिएका छन् ।
‘राधे’ सलमानको अहिलेसम्म रिलिज भएका चलचित्रमध्ये सबैभन्दा कमजोर रेटिङ पाउने चलचित्र बनेको छ यो चलचित्रबाट सलमान खानले भने १ सय करोड नाफा कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रभु देवाको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको मुख्य भूमिका छ ।
तपाईंको प्रतिकृया




