कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएको छ । वीरगञ्जका हाडजोर्नी रोगका २९ वर्षका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

वीरगञ्ज महानगरपालिका-३ छपकैयाका  चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

डा.  हुसेनले एक महिनाअघि मात्रै शेख मुजीब मेडिकल युनिर्भसिटी बंगलादेशबाट पढाइ पूरा गरेका थिए ।

हुसेनलाई कोरोना पुष्टी भएपछि वीरगञ्जमै राखेर उपचार चलिरहेको थियो तर स्वास्थ्यमा सुधार नभएपछि १० दिनअघि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको आज   बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री