काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको संरक्षणका लागि ढिलो नगरी वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ट्वीट गर्दै बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याएर भए पनि संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।
डा. भट्टराईले लेखेका छन्, ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौं । सबैले आवश्यक त्याग–बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ ! आजै गरौं, अहिल्यै गरौं ! वीपी–पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान–लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने छ !’
संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!
— Baburam Bhattarai (@brb1954) May 21, 2021




