भारतमा घट्दै कोरोना संक्रमण दर

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार ११० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा ३ हजार ८७४ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा हालसम्म २ लाख ८७ हजार १२२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या भारतमा २ करोड ५७ लाख ७२ हजार ४४० पुगेको छ । –एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री