नेपाली युवा उद्यमी मञ्च वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च ( एन.वाइ.इ.एफ.) एउटा गैर नाफामूखी संस्था हो, यसको स्थापना सन् २००३ मा भएको हो । यस संस्थाको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदान प्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने ज्ञान, सिप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउनु रहेको छ ।

हाल एन.वाइ.इ.एफ. को एपेक्स बडी (केन्द्रीय कार्य समिति) मा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीहरुको सहभागिता रहेको छ र ६ सय भन्दा बढी सदस्यहरु यस संस्थामा आवद्ध छन् ।

दोस्रो चरणको कोरोना भाइरससँग जुध्न नेपाल जस्तो देशका लागि निकै चुनौतिपूर्ण छ, यस महामारीले स्वास्थ्य क्षेत्र अन्तरगत गम्भिर प्रकृतिका विरामीलाई अक्सिजन अभावले उपचारमा थप समस्या सिर्जना गरेको छ ।

राष्ट्र पहिले र केही बनाऔं भन्ने एन.वाइ.इ.एफ.को मूल दुई मूल्य मान्यता हुन् । उक्त दुई मूल्य मान्यतालाई मध्य नजर गर्दै एन.वाइ.इ.एफ. सदस्यहरुको संयुक्त पहल अन्तरगत वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइयो ।

उक्त पहल २४ घण्टा भित्रनै सफल गराइएको थियो । साथै उक्त कार्य एन.वाइ.इ.एफ. राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री