आगामी ३ दिन मौसम प्रतिकुल रहने

काठमाडाै ।  हाल प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्य देखि पुर्ण बदली रहेको छ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू-भागको  एक /दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बुधबार

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक /दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।

बिहिबार

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहारुमा हल्का देखि मध्यम वर्षको सम्भावना रहेको छ ।  थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका को थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहारुमा हल्का देखि मध्यम वर्षको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका को थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।
शुक्रबार

दिउँसोसुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगाएत देशका बाँकी पहाडी भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशको केहि ठाँउमा र बाँकी पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १ लगाएत देशका बाँकी पहाडी भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा सामान्यतय सफा रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक /दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री