काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नमानेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेको भट्टराईले राष्ट्रिय सरकार बनाऔँ भनेको हुँ तर, ओलीले नमानेको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिँदै डा. भट्टराईले आफूले प्रधानमन्त्री ओलीलाई भेटेर महा विपत्तिको उन्मुख देशलाई निकास दिनका लागि राष्ट्रिय सरकारको प्रस्ताव राखेको खुलाए । यसअघि एक टेलिभिजन कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा एमालेका सांसद महेश बस्नेतले बाहिर ओलीको विरोध गर्दै हिँडेका बाबुराम आफैँ प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालुवाटार पुगेको बताएका थिए ।
बस्नेतको सोही भनाइको जवाफ दिँदै डा. भट्टराईले आफू राष्ट्रिय सरकारको प्रस्ताव लिएर बालुवाटारमा ओलीलाई भेट्न गएको स्पष्टीकरण दिएका हुन् । ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ । सोचौं !,’ उनले लेखेका छन् ।
प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं! https://t.co/PPC5YhVfFc
— Baburam Bhattarai (@brb1954) May 16, 2021
प्रतिकृया दिनुहॊस