काठमाडौं, २ जेठ । चीन सरकारले सहयोग प्रदान गरेको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाका आईपुगेको छ । सरकारलाई आज–भोलि नै हस्तान्तरण गर्ने चिनियाँ पक्षको तयारी छ ।
चीनले सिलिण्डरका साथै अन्य स्वास्थ्य सामाग्री सरकारलाई सहयोग स्वरुप उपलव्ध गराएको हो । चीनले उपलब्ध गराएको अरु दुई हजार थान सिलिण्डर नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याउने तयारी छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले १८ हजार थान सिलिण्डर छिटोभन्दा छिटो काठमाडौं ल्याउने विषयमा हिजो नै सरोकारवालाहरुसँग परामर्श गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहॊस