सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड  भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज भर्चुअल माध्यमबाट सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि हेर्न सकिनेछ। आईपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट (https://www.sunrisecapital.com.np/ipo) र सीडीएससीको (https://iporesult.cdsc.com.np/) मा हेर्न सकिनेछ।

कम्पनीको आईपीओ गत वैशाख १७ गतेदेखि २१ गतेसम्म बिक्री गरिएको थियो। कम्पनीले कुल १०० रुपैयाँ अंकित दरका कुल २५ लाख २८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीमा कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि आवेदन परेको छ।

कुल परेको आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ आवेदकबाट परेको २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता प्रमाणीकरण भएको छ। तीमध्ये ४ हजार ४४२ आवेदकबाट माग भएको ६१ हजार ३७२ कित्ता अयोग्य भएको क्यापिटले जनाएको छ।

त्यस्तै ४८ हजार ३२२ आवेदकबाट परेको १६ लाख ३७ हजार ६५९ प्रमाणीकरण हुन नसकेको क्यापिटलले जनाएको छ।

जसमध्ये २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने तीमध्ये ४ जनाले थप १/१ कित्ता सेयर पाएका छन्। बाँकी आवेदकको हात खाली भएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्राधिकरणले आजदेखि यी ६ फिडरमा बिजुली काट्ने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ । कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिकृया दिनुहॊस