अमेरिकी आइडलको शीर्ष सातमा दिवेश पोखरेल

टेक्सस । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल शीर्ष सातमा पुग्न सफल भएका छन् ।

अघिल्लो वर्ष​ अर्थात १८ औं संस्करणमा उपविजेता बन्न सफल पोखरेल १९ औं संस्करणमा पनि उत्कृष्ट सातमा पुग्न सफल भएका हुन् ।

यो संस्करणमा सिजन १८ का १० प्रतियोगीलाई आयोजकले प्रतिस्पर्धामा मौका दिएको थियो । तीमध्ये एक दिवेश पनि हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री