उपासना बनिन् बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा उपासना पौडेल नियुक्त भएकी छिन् ।

योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । ३४ वर्षकी पौडेल हालसम्मकै  कम उमेरमा उक्त  पदमा नियुक्त हुन सफल भएकी छिन् ।

भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

उनी यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस