एकैदिन ७ हजार १ सय ३७ मा कोरोना, २७ को मृत्यु

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार १ सय ३७  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार १ सय ३७ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ भने पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ८३ हजार ९९४  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ३२५  जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री